About Us

जलेश्वर उद्योग वाणिज्य संघ जलेश्वर, महोत्तरी राष्ट्रको अर्थतन्त्रलाई सवल, सक्षम, सुदृढ र आत्मनिर्भर तुल्याउन,राष्ट्रको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि उद्योग व्यवसायको विकास र विस्तार गर्दै उद्योगी तथा व्यापारीको हक हितको संरक्षण एवं सम्बद्र्घन गर्ने उद्देश्य सहित २०४७ सालमा जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा दर्ता भएको अविच्छिन्न उत्तराधिकारवाला, स्वशासित, गैर नाफामूलक, गैर राजनैतिक नीजि क्षेत्रको प्रतिनिधित्व गर्ने अग्रनी उद्योगी व्यवसायीहरुको छाता संगठन हो ।


२०४७ साल कार्तिक १३ गते यस संघका संस्थापक अध्यक्ष श्री राम रतन साह ‘रमण’ को अध्यक्षतामा बसेको उद्योगी व्यवसायीहरुको भेलाबाट संघ स्थापना गर्ने आवश्यकता औंल्याई श्री राम रतन साह ‘रमण’, श्री रमेश पाण्डेय र श्री श्याम प्रसाद जालान सहितको ३(तीन) सदस्यीय विधान मस्यौदा समिति एवं श्री केदारनाथ पाठक र श्री गौतम जैन सहितको २ (दुई) सदस्यीय विशेष सल्लाहकार समिति गठन गरी पहिलो बैठकबाट यस संस्थाको नीव राख्ने कार्य गरीयो र सोही बैठकबाट श्री केदारनाथ पाठक, श्री रमेश पाण्डेय र श्री सुरेश जालान सहितको ३ (तीन) सदस्यीय २०४७ कार्तिक २३ गते निर्वाचन गराउन निर्वाचन समिति समेत गठन गर्यो । त्यस्तै २०४७ कार्तिक १७ गतेका दिन बसेको दोस्रो बैठकबाट विधान मस्यौदामा छलफल गरी सर्वसम्मतिले पारित गर्यो । पूर्व निर्धारित मिति कार्तिक २३ गते श्री राम रतन साह ‘रमण’ ज्यूको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन भयो र सोही दिन बसेको प्रथम निर्वाचित कार्य समितिको प्रथम बैठकबाट २०४७ कार्तिक २३ गते नै तत्कालिन राजा विरेन्द्र वीर विक्रम शाहदेव शाहद्वारा घोषणा हुने संवैधानिक राजतन्त्र नेपालको संविधान २०४७ को लागि कृतज्ञता व्यक्त गर्दै संविधानको स्वागतमा साँझ दिपावली मनाउने लगायतका निर्णयहरु गरिएको थियो । 


यसप्रकार यस जलेश्वर उद्योग वाणिज्य संघको विभिन्न कालखण्ड र टर्ममा श्री राम रतन साह ‘रमण’, श्री रामा प्रसाद जालान, श्री राम कपुर साह र वर्तमानमा श्री कृपा शंकर साह गरी ४ जना अध्यक्ष भईसकेका छन् ।

 

जलेश्वर उद्योग वाणिज्य संघद्वारा प्रदान गरिने सेवाहरु


राष्ट्रको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि उद्योग व्यवसायको विकास र विस्तार गर्दै उद्योगी तथा व्यापारीको हक हितको संरक्षण एवं सम्बद्र्घन गर्ने उद्देश्य सहित स्थापना भएको यस जलेश्वर उद्योग वाणिज्य संघबाट निम्न सेवाहरु आवध्द सदस्यहरुलाई दिईदै आईरहेको छ ।


१.  कानुनी प्रशासनिक मध्यस्थता
२.  नापतौल गुणस्तर नवीकरण
३.  पान नवीकरण 
४. आपसी विवादमा सहजीकरण एवं मध्यस्थता आदी

 

संघका सम्पत्तिहरु


यस जलेश्वर उद्योग वाणिज्य संघ संग आफ्नै १ तल्ले भवन रहेको छ । भुई तल्ला भवनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष श्री रवि भक्त श्रेष्ठ ज्यूबाट २०५९ पौष २ गते र प्रथम तल्ला भवनको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष श्री कुश कुमार जोशी ज्यूबाट २०६६ कार्तिक १४ गते सुसम्पन्न भएको थियो ।प्रथम तल्लामा संघको सचिवालय रहेको छ भन्ने भुई तल्लामा घरेलु तथा साना उद्योग कार्यालय महोत्तरीलाई बहालमा दिईएको छ । जलेश्वर उद्योग वाणिज्य संघको सचिवालय रहेको पहिलो तल्लामा ४ वटा कोठा र एउटा सभा हाँल रहेको छ । यस क्षेत्रमा सभा सम्मेलन एवं बैठक गर्न लगभग २०० जना क्षमताको सभा हाँलको खाँचोलाई यस संघको सभा हाँलले एक हद सम्म पुरा गरेको छ साथै सभा हाँलको भाडा समेत यस संघको आयको एउटा प्रमुख श्रोतको रुपमा रहेको छ ।यस्तै कार्यालय सञ्चालनका लागि आवश्यक टेबल डेक्स कुर्सी दराज रिवाल्भीङ्ग चेयर कम्प्युटर प्रिन्टर फोटो काँपी मेसिन टेलिफोन फैक्स आदी समेत यस संघको सम्पत्तिको रुपमा रहेको छ ।